दफा ८ख
ज्यालादारी वा करारमा नियुक्ति गर्न, गराउन नपाइने
(१) कसैले पनि कर्मचारीले गर्नु पर्ने कामको लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न, गराउन पाउने छैन ।
तर, स्वास्थ्य सेवाको कुनै पदमा योग्यता प्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीलाई देहायको अवस्थामा करार सेवामा काममा लगाउन सकिनेछः–
(क) कुनै चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन वा असाधारण विदामा रहेको अवस्थामा अध्ययन वा असाधारण विदामा बसेको अवधिभर,
(ख) सेवाको कुनै पद कुनै कारणवस रिक्त हुन गई सो को माग आकृति फाराम भरी लोक सेवा आयोगमा पठाइ सकेको तर पदपूर्ति भइनसकेको अवधिभर ।
(२) उपदफा (१) विपरीत कसैले कुनै व्यक्तिलाई नियुक्ति गरे, गराएमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य सुविधा बापतको रकम नियुक्ति गर्ने, गराउने पदाधिकारीबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।